BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'जेन जी' आन्दोलन सम्बन्धी आयोगमा बयान दिन नजानेलाई 'सरकारमार्फत झिकाइने'
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बयान दिन नजाने अडानमा देखिएका बेला जाँचबुझ आयोगले ‘उपस्थित गराइदिन सरकारलाई आग्रह गर्ने’ जनाएको छ। त्यसबारे जाँचबुझ आयोगको अधिकार, उसलाई आवश्यक थप समय र सेनाको भूमिका लगायतबारे एक रिपोर्ट।
रवि लामिछाने, कुलमान घिसिङ, बालेन र हर्क साम्पाङलाई 'मिलाउने' प्रयासमा जेन जी अगुवा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेलमा पुगेर भेटेका जेन जी अगुवा सुधन गुरुङले वैकल्पिक राजनीतिक शक्तिबारे छलफल भएको पुष्टि गरेका छन्।
अमेरिकी डलरभन्दा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाललाई घाटा
ट्यारिफका कारण अमेरिकामा हुने भारतीय निर्यात ठूलो मात्रामा घटेको र त्यसको असर भारतीय रुपैयाँमा परेको अर्थविद्हरूले बताएका छन्।
ट्रम्पले विरोध गरे पनि रुस भारतलाई 'निरन्तर इन्धन आपूर्ति गर्न तयार'
चार वर्षपछि दुईदिने राजकीय भ्रमणमा आएका पुटिनलाई भारतीय पक्षले दिल्लीमा भव्य स्वागत गरेको छ।
भिडिओ, स्वर जस्तोसुकै भए पनि गाउँदा स्वास्थ्यमा अनेकौँ फाइदा, समयावधि 0,56
गाउँदा आफूलाई मात्र आनन्द हुने होइन यो त अरूसँग घुलमिल गर्ने सूत्र पनि हुन सक्छ। त्यसबाहेक गाउने मानिसको स्वास्थ्य बलियो हुन्छ र ऊ भावनात्मक रूपमा फुर्तिलो हुन सक्छ।
नेपाली कांग्रेसमा सभापतिका लागि देउवाले 'मैदान छाड्दा' देखिने चुनावी रौनक
कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपनि उनी निकट एक नेता शेखर कोइरालाको समूहसँगै अघि बढ्ने विकल्प जीवित रहेको बताउँछन् तर त्यो कति सम्भव होला?
जेन जी आन्दोलनमा 'अत्यधिक बल प्रयोग'बारे आरोपितले भोग्न सक्ने अन्तर्राष्ट्रिय प्रतिबन्ध
जेन जी प्रदर्शनका क्रममा भएको भएको ‘अत्यधिक बल प्रयोग’ र हिंसाका घटनामा देशभित्र विश्वसनीय अनुसन्धान र अभियोजन नभए के यी विषयमा अन्तर्राष्ट्रिय कानुनी क्षेत्राधिकार आकर्षित हुन्छ?
अनि यो पनि
अन्तरिक्षको अर्को छेउमा फेला पर्यो अतिप्राचीन 'अलकनन्दा आकाशगङ्गा'
ब्रह्माण्डको अर्को छेउमा रहेको यो संरचनाबाट प्रकाश पृथ्वीसम्म आइपुग्न सामान्यतया १२ अर्ब वर्ष लाग्ने ठानिन्छ।
अमेरिका भेनेजुएला तनाव: अमेरिकी हमलाको त्रास र तयारी
के निकोलास मदुरोको सेनाले विश्वको सबैभन्दा शक्तिशाली सेनाको सामना गर्न सक्छ?
भिडिओ, हिउँमा घस्रिँदै र लडीबुडी खेल्दै नागबेली डोब - एन्टार्क्टिकामा 'सील' को रोचक गतिविधि, समयावधि 0,39
एन्टार्क्टिकामा वैज्ञानिकहरूले एउटा 'क्र्याबईटर सील' हिउँमा नागबेली परेको डोब बनाउँदै घस्रिएको र लडीबुडी खेल्दै अगाडि बढेको भिडिओ ड्रोनबाट खिचेका छन्।
२०२४ सालको चुनाव र २०३७ को जनमतसङ्ग्रहमै विदेशबाट नेपालीले दिएका थिए भोट
नेपालमा हुने निर्वाचनमा विदेशबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन अनेकौँ चुनौती भएको अधिकारीहरूले औँल्याउने गरेका छन्। तर के तपाईँलाई विसं २०२४ सालमै विदेशस्थित नेपाली नियोगहरूबाट मतदानको व्यवस्था गरिएको थियो भन्ने थाहा छ?
बिहान नुहाउनु राम्रो हुन्छ कि राति? विशेषज्ञहरू यसो भन्छन्
बिहान नुहाउनुपर्छ भन्नेहरूको प्रायः तर्क हुन्छ कि तातो पानीमा १० मिनेट नुहाउँदा उनीहरूलाई उठ्न र ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ। यद्यपि, रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नुअघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निद्रा पुग्छ भन्ने रहन्छ।

Formed in 2009, the Archive Team (not to be confused with the archive.org Archive-It Team) is a rogue archivist collective dedicated to saving copies of rapidly dying or deleted websites for the sake of history and digital heritage. The group is 100% composed of volunteers and interested parties, and has expanded into a large amount of related projects for saving online and digital history.













































